अनलाइन नेपाली साहित्य मञ्चद्वारा आयोजित नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को पहिलो चरण अत्यन्तै भब्यताका साथ सम्पन्न भएको छ ।
विश्वका २७ मुलुकबाट १०३ जना कवि तथा साहित्यकारहरुले अनलाइनको वेभक्याममार्फत सहभागिता जनाउनुले स्वयम आयोजकहरु अचम्मित भएका छन् । उनीहरूले आफुले आस गरेभन्दा तेब्बर सहभागिता रहेको कुरा उल्लेख गरेका छन् । अत्यधिक सहभागिताको कारण उत्कृष्ट कविताहरुको घोषणा आगामी शनिवार मात्र गरिने जानकारी गराएका छन् । प्रतियोगिता सञ्चालन र नियन्त्रणको लागि विशिष्ट सप्टवेयर प्रयोग गरिएकोले यो कार्यक्रम सम्भव भएको थियो ।
प्रतियोगिताको लागि प्रस्तुत गरिएका सबै कविताहरु विभिन्न देशमा रहेका मूल्याङ्कनकर्तालाई पठाउनेक्रम जारी रहेको र ती सबै कविताहरु चाडै अनलाइनमै पनि सबैले हेर्न सक्ने कुरा जनाइएको छ । कार्यक्रम श्री पञ्चमी अर्थात सरस्वती पूजाको दिन सञ्चालन गरिएको थियो । उत्कृष्ट कविताहरुको नतिजा मञ्चका आधिकारिक वेभपेज व्व्व्।सहित्यघर्।कोम् मा प्रकाशन गरिने भएको छ । विजयी कविहरुले १५ हजार रुपैयाँ नगदलगायत पुरस्कार प्राप्त गर्नेछन ।