संघीय गणतान्त्रिक महिला मोर्चा:
राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय संयोजन् समितिको गठन्
   
नेवा: काठमाडौ,ं जनवरी २५, २००८
   

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासंग सम्वद्ध संघीय गणतान्त्रिक राष्ट्रिय महिला मोर्चा: राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय महिला संयोजन् समितिको गठन् गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ्को उपस्थितिमा भएको एक भेलाले यही गत माघ ८ गते मोर्चाको कार्यालय पुलचोक ललितपुरमा एक् संयोजन समितिको चयन् गरिएको छ ।

संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा; जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक् निर्वाचन् प्रणाली; र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिक प्रिष्ठभुमिको आधारमा लिम्बुवान, खम्बुवान, तामङ्सालीङ्, नेवा:, तमुवान्, मगरात, थरुहट[थारुवान], खसान, र मधेशलगायतका स्वायत्त गणराज्यहरुको सैधान्तिक सुनिश्चितताका लागि
सशक्त आन्दोलन गर्ने भएका छन् ।

यस संयोजन समिति निम्नानुसारको रहेको छ:
१ विष्णु तुम्बाहाङ्फे : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२ गंगा चौधरी : संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल
३ विध्या सिन्हा : मधेशी जन अधिकार फोरम, नेपाल
४ चन्दा तामाङ् : तामाङ्सालीङ् स्वायत्त राज्य परिषद
५ शान्ता योङ्हाङ् : संघीय लिम्बुवान राज्य परिषद
६ क्रिष्ण कुमारी तामाङ् : दलित जनजाति पार्टी
७ कौसल्या देवी : मधेशी लोकतान्त्रिक मोर्चा
८ सविना राजवंशी : संघीय गणतान्त्रिक मोर्चा

उपरोक्त संयोजन् समितिमा लोकतन्त्रिक मधेशी मोर्चाको तर्फबाट एक सदस्यको मनोनयन गरी बनेको नौ सदस्यीय संयोजन समितिले चाडै एक कार्यदलको निर्माण गरी मोर्चाको सशक्त आन्दोलनका कार्ययोजनाहरु तय गर्ने भएको छ ।

   
News
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
Send your comments & suggestions to us at E-mail
© Limbuwani Cultural Association, ktm, Nepal