किरात याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न
   
क्वालालम्पुर / २००८ फेब्रुवरी ०७/०८
   

चाइनिज न्यू इयरको अवसर पारेर किरात याक्थुङ चुम्लुङ मलेसियाको प्रथम अधिवेशन क्वालालम्पुरस्थित रेष्टुरेन्ट चौतारीको पाँचौ तलामा सम्पन्न भएको छ ।

चाइनिज नयाँ वर्षको बेला लामो छुट्टी हुने भएकोले यही मौकालाई मध्यनजर गर्दै मलेसियाको विभिन्न ठाउँमा छरिएर रहेका सम्पूर्ण लिम्बू दाजुभाइ तथा दिदी बहिनीहरूलाई अधिवेशनमा समावेश गरिएको थियो । टढा-टढाबाट उपस्थित प्रतिनिधिहरूको मध्यनजर गर्दै पहिलो दिन अर्थात ०७ तारिख पूर्व महासचिव संग्रामसिंह लिम्बूको नेत्ृत्वमा छलफल गरी जीतमान इम्बुङ लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरिएको छ । नवगठित उक्त समितिमा उपाध्यक्ष मोहन थेबे लिम्बू, क्ृष्ण आङदेम्बे, सचिव देवेन्द्र खापुङ लिम्बू, सह-सचिव तथा प्रचारप्रसार रुसाहाङ चेम्जोङ लिम्बू, कोषाध्यक्ष इन्द्र लुम्फुङ्वा लिम्बू, सह-कोषाध्यक्ष सबिना लिम्बू, प्रवक्ता सन्तकुमार फेउदेन लिम्बू, सदस्यहरू सोम लिम्बू, संग्रामसिंह लिम्बू, इक्साहाङ चेम्जोङ लिम्बू, पेशल माबुहङ लिम्बू, धनकुमार माबो लिम्बऊ र अन्य सदस्यहरू रहेका छन् ।

   
   
फेब्रुवरी ०७ को दिनको निर्णयलाई ०८ तारिखको दिन घोषणासभाको आयोजना गरी सार्वजानिक गरिएको थियो । किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका अध्यक्ष पर्शुराम चोङबाङ लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य अतिथिहरू किरात राई यायोख्खा मलेसियाका विश्व राई, प्रवासी नेपाली तामाङ एकता समाजका संयोजक विनु लामा 'दुखिया', अनेसास मलेसियका अध्यक्ष जीवन देवान गाउँले, समानता नेपाली मलेसियाका ललित विश्वकर्मा, बुद्धिजिवी डा. उमेश रिजाल, विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको समुदघाटन लिम्बू विभूतिहरू तेअङ्सी सिरिजङगा, फाल्गुनन्द लिङदेन, इमानसिंह चेम्जोङको तस्विरमा माल्याणपण र एक मिनेटको मौनधारणपश्चात व्यानर खोलेर सुरुवात गरिएको थियो । कार्यक्रमकै अवसरमा मलेसियामा कार्यरत युवा बुद्धि आङ्देम्बेद्वारा स्वरबद्ध तथा इक्साहाङ चेम्जोङद्वारा रचित एल्बम 'ट्याक्सी चढेर' नामक गीति क्यासेट पनि विमोचन गरिएको थियो । उक्त क्यासेटको समीक्षा रुसाहाङ चेम्जोङबाट भएको थियो भने विश्व राई, डा. रिजाल, ललित विश्वकर्मा, जीवन देवान गाउँले, विनु लामा, रुवेन पुनबाट नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य आएको थियो । सम्पूर्ण आगन्तुकहरूलाई स्वागत सन्तकुमार फेउदेन लिम्बू तथा धन्यवाद ज्ञापन मोहन थेबे लिम्बूले राख्नु भएको थियो ।
News
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
<<
Send your comments & suggestions to us at E-mail
© Limbuwani Cultural Association, ktm, Nepal