परिषद्का उपाध्यक्ष सिङ्मान् तामाङ्ले स्वागत् मन्तव्यको क्रममा कार्यक्रमको औचित्य र उधेश्यबारे प्रस्ट्याउनु भएको थियो । शुभकामना मन्तव्यको क्रममा विधायक् कुमार फुदोङ्ले अब यो नेपाल् राष्ट्रको राजनीतिक पकड् यहांका आदिवासी जनजातिहरुले लिनुपर्ने कुरा बताउनु भयो । मन्तब्यकै क्रममा मधेशी जनअधिकर फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले राजासहितको ३० प्रतिशत् खस् बाहुनहरुले ७० प्रतिशत् आदिवासी जनजाति, मधेशी, दलित र महिलाहरुको विरुद्धमा षडयन्त्र गर्न लागेको कुरा प्रष्ट्याउनु भयो । सङ्युक्त्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्षमण थारुले अब यहांका बाहुन् क्षेत्री शासकहरुले दिन नसकेको राजनीतिक् विकल्प आदिवासी जनजाति, मधेशि, दलित र महिलाहरुले दिनुपर्ने बिचार् राख्नु भयो । त्यसैगरी, दलित जनजातिका अध्यक्ष विसेन्द्र पासवानले आफू हिन्दू भएर जन्मेको र अहिलेसम्म अछूत भएर बाँचेको, तर अब बौद्ध भएर मर्न चाहेको चाहना प्रकट गर्नुभयो ।
परिषदका अधयक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य डी के बुद्धिष्ट्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय कला संस्क्रिति मन्च तामाङ्सालीङ् राज्य परिषदका कलाकारहरुले तामाङ् भाषामा गीतसमेत प्रस्तुत् गरेका थिए ।
तामाङ्सालीङ्को यस ऐतिहासिक विस्तारित भेलाले तामाङ्सालीङ्को भावी राजनीतिक दिशा र सङ्गठनको विधान् तथा घोषणा-पत्र बारे व्यापक छलफल र बहस गरेर पारित गर्दै तामाङ्सालिङ स्वायत्त राज्य परिषदको ३८ सदस्यीय राज्य समिति चयन गरेको छ ।
परिषदको नयाँ नेत्रित्व डी. के. बुद्धिस्त- काठमान्दौं, श्रीमती चन्द्र तामाङ्-काठमान्दौं तथा रबिन्द्र थिङ -रमेछाप क्रमश: अध्यक्ष, उपध्यक्ष र सचिवद्फ् निर्वाचित भएका छन, त्यसै गरी सदस्यहरूमा: छेउसाङ मोक्तान- काभ्रे, राजकुमार तामाङ- चितवन, लखन बहादुर तामाङ- सिन्धुपाल्चोक, मानछिरिङ तामाङ- धादिङ, मेमबहादुर वाइवा-सिन्धुपाल्चोक, क्रिष्णबहादुर गोले-सिन्धुपाल्चोक, क्रिष्ण कुमारी वाइवा-सिन्धुपाल्चोक, सुनमाया मोक्तान- काठमन्दौं, पदमसागर लाम-सिन्धुपाल्चोक, देवकुमार घिसिङ-रामेछाप, धनबहादुर तामाङ्- नुवाकोट, पन्चराम लो तामङ् – सर्लाही, विष्णुमाया योञ्जन – रामेछाप, श्रीमती शान्ता लामा – मकवान्पुर, देव लामा – मकवान्पुर, टंकबहादुर हिम्दुङ – मकवान्पुर्, रुद्रबहादुर थिङ – ललितपुर, सुब्ब तामाङ – भक्तपुर, टंकबहादुर लामा – दोलखा, बुद्धसिद्धि लामा – सिन्धुपाल्चोक, श्याम लामा योञ्जन – काठमादौं, सिङगबहादुर लामा – रामेछाप, वाइमा लामा – रामेछाप, रामबहादुर तामाङ – दोलखा, बुद्धछिरिङ मोक्तान - सिन्धुपाल्चोक, दिपकुमार मोक्तान – काठमादौं, सम्वरसिङ मोक्तान - सिन्धुपाल्चोक, विनोद श्याङ्तान - सिन्धुपाल्चोक, तिर्थ मोक्तान - सिन्धुपाल्चोक, नर्भुलामा मोक्तान - सिन्धुपाल्चोक, बुद्धसिद्धि लामा - सिन्धुपाल्चोक, वसन्त योञ्जन - सिन्धुपाल्चोक, प्रेमधोज लामा – दोलखा, उत्तम कुमर तामाङ – काठमान्दौं, दोर्जे घ्याडन तामाङ – रामेछाप र सिद्धि घिसिङ – मोरङ छन् । |